बागमतीको मुख्य न्यायाधिवक्तामा नेपाल नियुक्त
बिहीबार, १२ माघ २०७९, १७ : ४७
मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् । बिहीबार मुख्यमन्त्री सालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्य न्यायाधिवक्ता नेपाललाई नियुक्त गरेका हुन् ।
नेपाललाई प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईँले जानकारी दिए ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर-१४ स्थायी घर भएका नेपाल लामो समयदेखि काठमाडौं केन्द्रित भएर कानुन व्यवसायीको रुपमा कार्यारत रहेका थिए । द्वन्द्वकालदेखि माओवादीमा रहेर उनले पार्टीको संगठन विस्तारमा योगदान दिँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै
-
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ
-
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
-
आज कर्णालीको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् मङ्गलबहादुर शाही
-
विश्वभरका जेनजी विद्रोहले भारतको युवा आन्दोलनलाई के सन्देश दिन्छ ?
-
अस्थिरता बढाउने छुट कसैलाई छैन : डा. भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण