शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीको मुख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

बिहीबार, १२ माघ २०७९, १७ : ४७
बिहीबार, १२ माघ २०७९

मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् । बिहीबार मुख्यमन्त्री सालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्य न्यायाधिवक्ता नेपाललाई नियुक्त गरेका हुन् ।

नेपाललाई प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईँले जानकारी दिए । 

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर-१४ स्थायी घर भएका नेपाल लामो समयदेखि काठमाडौं केन्द्रित भएर कानुन व्यवसायीको रुपमा कार्यारत रहेका थिए । द्वन्द्वकालदेखि माओवादीमा रहेर उनले पार्टीको संगठन विस्तारमा योगदान दिँदै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप