फ्रान्समा प्राकृतिक प्रकोपको लागत २३ वर्षयताकै उच्च
पेरिस । प्राकृतिक प्रकोपका कारण गत वर्ष फ्रान्सेली बीमा कम्पनीहरूले १० अर्ब युरो (१०.९ अर्ब अमेरिकी डलर) को क्षति बेहोर्नुपरेको छ । यो दुई दशकमा सबैभन्दा उच्च क्षति हो ।
फ्रान्स एश्योरर्सकी अध्यक्ष फ्लोरेन्स लस्टम्यानले गत वर्ष आएको असिना, बाढी र खडेरीलाई उद्धृत गर्दै युरोप–१ रेडियोसँग भनिन्, “यो वर्ष विपत्तिका कारण इन्सोरेन्स कम्पनीहरूले ठूलो क्षति व्यहोर्नुपरेको छ ।
प्राकृतिक प्रकोपका कारण बिमा उद्योगले सन् २०१७ देखि सन् २०२१ को बीचमा प्रति वर्ष औसतमा ३.५ अर्ब युरो खर्च गर्नुपरेको उनले बताइन् ।
सन् १९९९ मा फ्रान्समा आएको आँधीबेहरीपछि सन् २०२२ को यो आँकडा सबैभन्दा बढी हो ।
बीमा महासंघले आगामी ३० वर्षमा प्राकृतिक प्रकोपबाट प्राप्त हुने रकम १४० अर्ब युरोभन्दा बढी क्षति हुने बताएको छ ।
पुनर्बीमा कम्पनी ‘स्वीस रि’ले गत डिसेम्बरमा प्राकृतिक र मानव सिर्जित विपत्तिका कारण सन् २०२२ मा विश्वभर २६८ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण