साउदी सुपर कपबाट रोनाल्डो आवद्ध नसर बाहिरियो
शुक्रबार, १३ माघ २०७९, ०९ : ४१
काठमाडौं स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आवद्ध अल नसर साउदी सुपर कपको सेमिफाइनलबाट बाहिरिएको छ । बिहीबार राति अल इतिहादसँग ३–१ गोल अन्तरले पराजित हुँदै नसर प्रतियोगिताबाट बाहिरिएको हो । रोनाल्डो सम्मिलित नसर पहिलो हाफमा नै २–० गोल अन्तरले पछि परेको थियो ।
खेलको १५ औं मिनेटमा इतिहादका लागि रोमारिन्होले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको ५३ औं मिनेटमा अब्देराजाक हाम्दाल्लाहले गोल गर्दै इतिहादको अग्रता दोब्बर पारे । खेलको ४७ औं मिनेटमा नसरका लागि टालिस्काले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थामा ल्याए । खेलको इन्जुरी समयमा महन्नद अल शानक्विटीले इतिहादका लागि गोल गर्दै टिमलाई ३–१ गोल अन्तरले जित दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण