चैत्यदेवी र वसुन्धराले एमाले अध्यक्ष ओलीलाई किन भेटे ?
काठमाडौँ । वरिष्ठ अभिनेत्रीद्वय चैत्यदेवी र वसुन्धरा भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । उनीहरुले शुक्रबार बालकोट निवास पुगेर ओलीसँग भेट गरेका हुन् ।
कुनै राजनीतिक विषयले वा आफ्ना लागि उनीहरुले ओलीसँग भेट गरेको भने होइन । विवादास्पद सिभिल सहकारीमा आफू लगायत सबैको फसेको निक्षेप फिर्ता ल्याउन मद्दत माग्ने हिसाबले आफूले ओली भेटेको अभिनेत्री बसुन्धरा भुसालले बताइन् ।
‘सहकारीमा हाम्रो भुवन चैत्य वसुन्धरा फाउण्डेसनका १५ लाख रुपैयाँसहित २५ जनाको दुई करोड ६० लाख फसेको छ’, भुसालले भनिन् ‘हाम्रो मात्र होइन, सबैको पैसा फिर्ता दिलाउन पहल गरिदिन हामीले आग्रह गरेका छौ ।’ भेटका सिभल सहकारीबाट ठगिएका सबै व्यक्तिको समस्या सदनमा उठाउन ओलीलाई आग्रह समेत गरेको भुसालले जानकारी दिइन् ।
सहकारीका सञ्चालक इच्छाराज तामाङ एमालेका पूर्वसांसद समेत हुन् । ओलीको मद्दत भए सबै पैसा उठ्ने आस आफूहरूको रहेको भुसालको भनाई छ ।
‘ओलीले समस्या सरकारले समाधान गर्नुपर्ने भन्दै समाधानका लागि आफूले पहल गर्ने बताएका छन्’ भुसालले भनिन्, ‘सहकारीले बचतकर्तालाई ७ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ । त्यो फिर्ता भयो सबैको कल्याण हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण