कर्णाली आमसञ्चार प्रतिष्ठान गठन हुन्छ : कानुनमन्त्री जिसी
सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले कर्णालीमा आमसञ्चार प्रतिठान गठन प्रक्रियालाई अघि बढाउने बताएका छन् । आज वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा मन्त्री जिसीले आम सञ्चार प्रतिष्ठानमार्फत संचार क्षेत्रलाई प्रविधि मैत्री बनाउँदै प्रवद्धन तथा विकास गर्न पहल गर्ने बतााए ।
पत्रकारको भौतिक तथा पेशागतका साथै स्वास्थ्य सुरक्षाका लागि पनि प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने उनको भनाई छ ।
सूचना प्रविधिमा भएको विकासले शान्ति सुरक्षामा समेत चुनौती थपिएको भन्दै मन्त्री जिसीले प्रादेशिक तहमा सचेतनामूलक कार्यक्रमका सहितका सुरक्षा योजना बनाउने गरी तयारी भइरहेको जानकारी समेत दिए । घाइते अपाङ्गता भएका पत्रकार सहित सम्पूर्ण नागरिकलाई स्वास्थ्य उपचारको प्रबनध मिलाउने तथा पुर्नस्थापना केन्द्र निर्माण गर्ने योजना सुनाए ।
सञ्चारमाध्यमको विकासका लागि अविभावकत्व प्रदान गर्दै प्रदेश सरकारले मिडिया प्रवर्द्धन कार्यक्रमका लागि निति निर्माण गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको मिटर अभाव र सुर्खेतको लो–भोल्टेज समस्या समाधान हुँदै, ७ दिनभित्र थप ३ हजार मिटर पुग्ने
-
दिल्लीमा डिम्ब तस्करीको सञ्जाल, निसानामा कैलाली र कञ्चनपुरका थारु युवती
-
व्यास नगरपालिकामा घरधनीदेखि डेरावालासम्मका सुन र नगद चोरी
-
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
विश्वकपमा बलभित्र हालिएको चिप प्रविधि के हो र कसरी काम गर्छ ?
-
जर्मनमा अब प्रमाण नदेखाई बिरामी बिदा नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण