शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
अपडेट

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य संस्थालाई दियो २३ अर्ब ४४ करोडभन्दा बढी दाबी भुक्तानी

२०८२ मङ्सिर सम्मको सबै बक्यौता फरफारख
शुक्रबार, १९ असार २०८३, १२ : १३
शुक्रबार, १९ असार २०८३

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब चवालिस करोड दुई लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ । बोर्डले आज शुक्रबार एक सूचना जारी गर्दै स्वास्थ्य संस्थालाई २३ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी गरेको जनाएको हो । 

यो भुक्तानीसँगै २०८२ साल मङ्सिर मसान्तसम्म स्वास्थ्य बिमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी बक्यौता फरफारक भएको छ ।

सीमित स्रोत साधन र संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बिमा कार्यक्रममार्फत नागरिकको उपचार खर्च न्यूनीकरण र वित्तीय जोखिम संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको जनाएको छ । बोर्डको दिगो वित्तीय स्रोत तथा संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी समयमै गर्न नसकिएको र यसबाट सेवा प्रदायक तथा बीमित सेवाग्राहीहरूमा असहज परिस्थिति उत्पन्न भएको विषयप्रति बोर्ड पूर्ण रूपमा जानकार रहेको कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मङ्सिर पश्चातको दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले स्पष्ट पारेको छ ।

बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बीमित सेवाग्राहीहरूको उपचार सेवामा कुनै पनि प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगरी निर्धारित मापदण्ड बमोजिम निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइदिन हार्दिक अनुरोध गरेको छ ।

साथै, सम्पूर्ण बीमित सेवाग्राहीहरूलाई स्वास्थ्य बिमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिई बिमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न आफ्नो भूमिका निर्वाह गर्न समेत अपिल गरेको छ ।

598837005_997353959602177_3566746584447440859_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?