उज्यालो अघि आउने भनेको अन्धकार नै हो : लामिछाने
शनिबार, १४ माघ २०७९, ०७ : ४६

काठमाडौँ । बलात्कार आरोपित राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले उज्यालोभन्दा अघि अन्धकार नै आउने बताएका छन् । हाल धरौटीमा रिहा भएका लामिछानेले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै आफू हरेक पलका लागि आभारी रहेको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म हरेक पलका लागि आभारी छु । किनभने हरेक उज्यालो अघि आउने भनेको अन्धकार नै हो ।’ केही समयअघि ट्वीटरमा आफ्नो बायो परिवर्तन गरेपछि लामिछानेले क्रिकेटबाट सन्यास लिने योजना बनाएको आङ्कलन गरिएको थियो । उता नेपाल क्रिकेट संघ क्यानले भने लामिछानेलाई टोलीमा फर्काउने बारे छलफल गरिने बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सरकारसँग प्रदेश र स्थानीय सरकारको दोहोरो समन्वय हुनुपर्छ : मन्त्री मोदी
-
संसद्को शून्य समयः मिटरब्याजी समस्यादेखि नागरिकतासम्मको विषयमा ध्यानाकर्षण
-
बागमती प्रदेशमा एसईई : १ लाखभन्दा बढी विद्यार्थीका लागि ४३४ जना परीक्षा केन्द्र
-
कांग्रेसबाट पहिलो चरणमा उपसभापति खड्का सरकारमा सहभागी हुने
-
सञ्चारमाध्यमलाई ओलीको सुझाव : युट्युब र टिकटकबाट आत्तिनुपर्दैन
-
सरकारको साझा न्यूनतम कार्यक्रम : संकटोन्मुख अर्थतन्त्र जोगाउने के छ उपाय ?