मलाई पनि मुद्दा के लाग्ने होला ? : सागर ढकाल
काठमाडौँ । युवा नेता सागर ढकालले आफूलाई पनि विभिन्न मुद्दामा फसाउन सक्ने आशङ्का व्यक्त गरेका छन् । सबै युवाहरू सानातिना प्राविधिक कारण देखि लिएर ठुला मुद्दा मामिलामा झन् सशक्त र सजग भई अगाडि बढ्नु पर्ने देखिएको उनको भनाई छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेको विपक्षमा अदालतको फैसला ठिक भए पनि दुःख दिने मनसाय गलत देखिएको ढकालले बताएका छन् । एउटा पार्टी/व्यक्तिलाई एक ठाउँबाट रोके अर्को ठाउँबाट अर्को अनुहार/पार्टी भएर फुट्ने उनले जिकिर छ ।
गुलेली झन् तन्किएको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गुलेली झन् तन्किएको छ ।पुराना पार्टीहरूले जति गरे पनि यो शक्ति सजिलै चुँड्ने देखिँदैन। हजारौँ परिवर्तनका शक्तिको जन्म भइसकेको छ। अदालतको नजिर ठिक छ। दुख दिने मनसाय बेठिक छ। सोच्दै छु मलाई पनि मुद्दा चाहिँ के लाग्ने होला ? एउटा पार्टी/व्यक्तिलाई एक ठाउँबाट रोके अर्को ठाउँबाट अर्को अनुहार/पार्टी भएर फुट्छ। यो शक्ति रोकेर कुनै पनि हालतमा रोकिने वाला छैन। हामी सबै युवाहरू सानातिना प्राविधिक कारण देखि लिएर ठुला मुद्दा मामिलामा झन् सशक्त र सजग भई अगाडि बढ्नु पर्ने देखिन्छ, यो एउटा राम्रो उदाहरण भएको छ। विदेशमा बस्ने र नेपाल फर्कन चाहने नेपालीहरूलाई झन् राम्रो पाठ भएको छ। सधैँ विदेशिएर हुँदैन, हजुरहरू पनि अब प्रक्रिया पुर्याएर नेपाल फर्कनुस् -- देश बनाउन आउनुस्। संयोगवश आजै पूजाआजाको कार्यक्रम सकेर चितवन रविकै क्षेत्रबाट काठमाडौँ फर्किए, फेरि शुभकामना दिनुपर्ने देखियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण