समयअगावै निर्वाचन गराउन पेरुका राष्ट्रपतिबाट भएको अनुरोध अस्वीकार

पेरुको संसद्ले निर्धारित समयभन्दा पहिले नै आम निर्वाचन गर्न राष्ट्रपतिले गरेको अनुरोध अस्वीकार गरेको छ । यो वर्षको डिसेम्बरमा आम निर्वाचन गर्न राष्ट्रपति डिना बोलुआर्टेले गरेको अनुरोध पेरुको कङ्ग्रेसले अस्वीकार गरेको हो ।
राष्ट्रपतिले निर्वाचनका लागि गरेको प्रस्तावको पक्षमा ४५ र विपक्षमा ६५ मत परेको छ । गत महिना सदनले सन् २०२६ मा हुनुपर्ने निर्वाचनलाई आगामी वर्ष एप्रिलमा गर्न सहमति जनाएको थियो । संसद् विघटन गरी पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई पक्राउ गरेपछि देशभर राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै हिंसात्मक विरोध प्रदर्शन भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएका झडपमा ४७ जनाको मृत्यु भइसकेको छ ।
विरोध प्रदर्शनका कारण सडक अवरुद्ध भएका छन्भने खाद्यान्न, इन्धनलगायत अन्य आधारभूत वस्तुको अभाव भएको छ । सडक अवरोध हटाउन सरकारले थप सुरक्षाकर्मी परिचालन गर्ने बताएको छ । पेरुको स्वतन्त्र मानवअधिकार कार्यालयले सडक अवरोधका कारण उपचार नपाएर दुई जना शिशुसहित १० जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’