पेरुमा समयअगावै निर्वाचन गराउने राष्ट्रपतिको अनुरोध अस्वीकार
पेरु । पेरुको संसद्ले निर्धारित समयभन्दा पहिले नै आम निर्वाचन गर्न राष्ट्रपतिले गरेको अनुरोध अस्वीकार गरेको छ । यो वर्षको डिसेम्बरमा आम निर्वाचन गर्न राष्ट्रपति डिना बोलुआर्टेले गरेको अनुरोध पेरुको कङ्ग्रेसले अस्वीकार गरेको हो ।
राष्ट्रपतिले निर्वाचनका लागि गरेको प्रस्तावको पक्षमा ४५ र विपक्षमा ६५ मत परेको छ । गत महिना सदनले सन् २०२६ मा हुनुपर्ने निर्वाचनलाई आगामी वर्ष एप्रिलमा गर्न सहमति जनाएको थियो । संसद् विघटन गरी पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई पक्राउ गरेपछि देशभर राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै हिंसात्मक विरोध प्रदर्शन भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएका झडपमा ४७ जनाको मृत्यु भइसकेको छ ।
विरोध प्रदर्शनका कारण सडक अवरुद्ध भएका छन् भने खाद्यान्न, इन्धनलगायत अन्य आधारभूत वस्तुको अभाव भएको छ । सडक अवरोध हटाउन सरकारले थप सुरक्षाकर्मी परिचालन गर्ने बताएको छ । पेरुको स्वतन्त्र मानवअधिकार कार्यालयले सडक अवरोधका कारण उपचार नपाएर दुई जना शिशुसहित १० जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्डको दोस्रो गोल, फ्रान्सविरुद्ध २–० को बलियो अग्रता
-
तेस्रो मिनेटमै डिक्लान राइसको गोल: फ्रान्सविरुद्ध इङ्गल्याण्डलाई सुरुवाती अग्रता
-
प्रतिष्ठाको लडाइँः फ्रान्स र इङ्गल्याण्डबिच विश्वकपको तेस्रो स्थानका लागि खेल सुरु
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण