समाचार
ललितपुरमा विदेशी ब्राण्डको नक्कली मदिरा बनाउने कारखाना भेटियो, तीन जना पक्राउ
आइतबार, १५ माघ २०७९, १२ : १६
ललितपुरमा । ललितपुरमा बिदेशी ब्राण्डको नक्कली मदिरा बनाउने कारखाना फेला परेको छ । प्रहरीले नक्कली मदिरा बनाउने कार्य र कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबलसहितका विदेशी मदिरा बनाउने कार्यमा संलग्नलाई पक्राउ गरेको हो । यस्तै सो कम्पनीमा नेपाली मदिराको ब्राण्ड पनि नक्कली बनाउने गरेको पाइएको हो ।
विशेष सूचनाका आधारमा उपत्यका प्रहरी कार्यालयको टोलीले दोलखाको कालीञ्चोकका निरज उप्रेतीसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक जना सञ्चालक र दुई जना विक्रेता भएको प्रहरीले जनाएको छ । नक्कली मदिरा कुपण्डोल, नयाँ बसपार्कलगायतका क्षेत्रबाट विक्री हुने गरेको खुलेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण