शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गंगालाल अस्पताललाई एकेडेमीको रुपमा विकास गर्नुपर्छ : सांसद पौडेल

आइतबार, १५ माघ २०७९, १२ : २१
आइतबार, १५ माघ २०७९

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गंगालाल अस्पताललाई एकेडेमीको रुपमा विकास गर्न माग गरेका छन् । आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सबै अस्पतालहरुलाई सेवा प्रदान गर्नसक्ने क्षमताको रुपमा विकास गर्न जरुरी रहेको बताए । सांसद पौडेलले मुटु रोगको उपचार गर्ने जनशक्ति उत्पादन गरी रोगसम्बन्धी अनुसन्धान गर्न आवश्यक रहेको बताए ।

उनले गंगालाल अस्पताललाई प्रतिष्ठान बनाउनु देशको आवश्यक्ता रहेको बताए । उनले गंगालाल अस्पताललाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइ दक्षिण एशियाको उत्कृष्ट अस्पतालको रुपमा विकास गर्न जरुरी रहेको बताए । उनले अब पनि औपचारिकतामा मात्रै सिमित रहेर देशको विकास हुन सम्भव नरहेको जिकिर गरे । 

उनले भने, ‘सबै अस्पतालहरुलाई सेवा प्रदान गर्नसक्ने क्षमता विकास गर्ने स्थिति कसरी विकास गर्न सकिन्छ । लगानीको पक्षबाट, व्यवस्थापनको पक्षबाट, इमान्दारिताको पक्षबाट हामीले त्यसलाई हेर्न जरुरी छ । गंगालाल अस्पताललाई एकेडेमीको रुपमा विकास गर्नुपर्छ । प्रतिष्ठानको रुपमा विकास गर्नुपर्छ । मुटु रोगको उपचार गर्ने जनशक्ति हामीले उत्पादन गर्न आवश्यक छ । त्यसका लागि अनुसन्धान गर्न आवश्यक छ । गंगाललार अस्पताललाई प्रतिष्ठान बनाउने कुार आवश्यक छ, यो देशको आवश्यक्ता हो । यो कार्यक्रम चाँडो अघि बढाइयोस्, जनताको व्यवस्थापन हामी यहीँ गर्नसक्छौँ ।’ 

उनले त्यसका लागि प्रशस्त सार्वजनिक जग्गा भएको समेत बताए । उनले भने, ‘ती ठाउँहरु हामीले प्रयोग गर्नसक्छौँ । अनुसन्धान केन्द्रका रुपमा मुटुरोग उपचारको विशिष्ट अस्पतालको रुपमा दक्षिण एशियाको उत्कृष्ट अस्पतालको रुपमा विकास गर्न जरुरी छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउन जरुरी छ । अब औपचारिकतामा नै सिमित रहेर परिवर्तन गर्न सकिँदैन । आक्रामक ढंगबाट परिवर्तन गर्नुपर्ने स्थिति छ । नागरिकता दिनु मात्रै राज्यको दायित्व होइन, हरेक नागरिकलाई पीडामा, दुःखमा, समस्यामा साथ दिनुपर्छ ।’ 

सांसद पौडेलले सरकारी कार्यलयहरुमा काम गर्नेहरुको सुविधाका बारेमा राज्यले पुनःविचार गर्नुपर्ने बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप