बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटनमन्त्रीको प्रश्न : पवित्र भूमि लुम्बिनीमा किन अपवित्र काम ?

आइतबार, १५ माघ २०७९, १५ : ०९
आइतबार, १५ माघ २०७९

काठमाडौँ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पवित्र भूमि लुम्बिनीमा अपवित्र काम किन ? भन्ने प्रश्न गरेका छन् ।  आज मन्त्रलयमा लुम्बिनी विकास कोषको ब्रिफिङ लिइसकेपछि निर्देशनात्मक भनाई राख्दै मन्त्री किरातीले यस्तो प्रश्न गरेका हुन् ।  

विश्वले फोटोकपी गर्न नसक्ने लुम्बिनीलाई बदनाम गरिएको भन्दै विकास कोषका पधाधिकारीसँग मन्त्री किरातीले प्रश्न गरे । राज्यले विश्वास गरेर त्यो क्षेत्रको विकासको लागि पठाएको मान्छेहरुले आफ्नो भूमिकालाई बिर्सेर घिन लाग्दो काममा लिप्त नहुन निर्देशन दिए । 

पवित्र र धार्मिक पर्यटकीय क्षेत्र आज गाईको गोबर र फोहोरले लुम्बिनी भरिएको गुनासो रहेको पनि मन्त्रीले बताए । कोषलाई मागी खाने भाँडो मात्रै बनाइएको भन्दै उनले अव त्यसरी नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप