पर्यटनमन्त्रीको प्रश्न : पवित्र भूमि लुम्बिनीमा किन अपवित्र काम ?
आइतबार, १५ माघ २०७९, १५ : ०९
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पवित्र भूमि लुम्बिनीमा अपवित्र काम किन ? भन्ने प्रश्न गरेका छन् । आज मन्त्रलयमा लुम्बिनी विकास कोषको ब्रिफिङ लिइसकेपछि निर्देशनात्मक भनाई राख्दै मन्त्री किरातीले यस्तो प्रश्न गरेका हुन् ।
विश्वले फोटोकपी गर्न नसक्ने लुम्बिनीलाई बदनाम गरिएको भन्दै विकास कोषका पधाधिकारीसँग मन्त्री किरातीले प्रश्न गरे । राज्यले विश्वास गरेर त्यो क्षेत्रको विकासको लागि पठाएको मान्छेहरुले आफ्नो भूमिकालाई बिर्सेर घिन लाग्दो काममा लिप्त नहुन निर्देशन दिए ।
पवित्र र धार्मिक पर्यटकीय क्षेत्र आज गाईको गोबर र फोहोरले लुम्बिनी भरिएको गुनासो रहेको पनि मन्त्रीले बताए । कोषलाई मागी खाने भाँडो मात्रै बनाइएको भन्दै उनले अव त्यसरी नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण