शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इजरायलद्वारा प्यालेस्टाइनीहरू विरुद्ध दण्डात्मक कदमको घोषणा

आइतबार, १५ माघ २०७९, २१ : २७
आइतबार, १५ माघ २०७९

जेरुसेलेम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार साँझदेखि भएका दुईवटा गोली काण्डको प्रतिक्रियास्वरूप वेस्ट बैंकका बस्तीहरूलाई सुदृढ पार्नेलगायतका योजना सार्वजनिक गरेका छन् । साथै प्रधानमन्त्री नेतान्याहुले प्यालेस्टिनीहरू विरुद्ध दण्डात्मक उपायहरूको पनि घोषणा गरेका छन् ।

शनिबार राति बसेको सुरक्षा परिषद्को बैठकले यी उपायहरूलाई अनुमोदन गरेको हो। नेतन्याहुले मन्रिरतपरिषद्को बैठकमा भनेका थिए, ‘जेरुसेलमको बस्ती छिमेकी नेवे याकोभमा गोली हानाहान गर्ने बन्दुकधारीको परिवारको निवास सिल गरिएको छ।’

यसैगरी इजरायली प्रहरीले छुट्टै विज्ञप्ति जारी गर्दै पूर्वी जेरुसेलमको एट–टोरमा रहेको घरलाई आगामी केही दिनमा भत्काउने योजना बनाएको छ । इजरायली बस्तीहरूलाई सुदृढ गर्ने योजना बारे निर्णय यस हप्ताको अन्तमा लिइने पनि प्रधानमन्त्रीले बताएका छन्। मन्त्रिपरिषद्ले हजारौं प्यारामेडिक्स र इजरायली नागरिकहरूलाई बन्दुक लाइसेन्स विस्तार गर्ने बारे पनि छलफल गरेको छ ।

शुक्रबार साँझ पूर्वी जेरुसेलमका एक प्यालेस्टिनी निवासीले सात इजरायलीलाई गोली हानी मारेका थिए र तीन जना घाइते बनाएका थिए । उत्तरी वेस्ट बैङ्कको जेनिन शरणार्थी शिविरमा बिहीबार भएको घातक इजरायली हमलापछि इजरायली सेनाले ६१ वर्षीया महिला सहित १० जना प्यालेस्टाइनीको हत्या गरेपछि आक्रमणहरू भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप