इजरायलद्वारा प्यालेस्टाइनीहरू विरुद्ध दण्डात्मक कदमको घोषणा
जेरुसेलेम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार साँझदेखि भएका दुईवटा गोली काण्डको प्रतिक्रियास्वरूप वेस्ट बैंकका बस्तीहरूलाई सुदृढ पार्नेलगायतका योजना सार्वजनिक गरेका छन् । साथै प्रधानमन्त्री नेतान्याहुले प्यालेस्टिनीहरू विरुद्ध दण्डात्मक उपायहरूको पनि घोषणा गरेका छन् ।
शनिबार राति बसेको सुरक्षा परिषद्को बैठकले यी उपायहरूलाई अनुमोदन गरेको हो। नेतन्याहुले मन्रिरतपरिषद्को बैठकमा भनेका थिए, ‘जेरुसेलमको बस्ती छिमेकी नेवे याकोभमा गोली हानाहान गर्ने बन्दुकधारीको परिवारको निवास सिल गरिएको छ।’
यसैगरी इजरायली प्रहरीले छुट्टै विज्ञप्ति जारी गर्दै पूर्वी जेरुसेलमको एट–टोरमा रहेको घरलाई आगामी केही दिनमा भत्काउने योजना बनाएको छ । इजरायली बस्तीहरूलाई सुदृढ गर्ने योजना बारे निर्णय यस हप्ताको अन्तमा लिइने पनि प्रधानमन्त्रीले बताएका छन्। मन्त्रिपरिषद्ले हजारौं प्यारामेडिक्स र इजरायली नागरिकहरूलाई बन्दुक लाइसेन्स विस्तार गर्ने बारे पनि छलफल गरेको छ ।
शुक्रबार साँझ पूर्वी जेरुसेलमका एक प्यालेस्टिनी निवासीले सात इजरायलीलाई गोली हानी मारेका थिए र तीन जना घाइते बनाएका थिए । उत्तरी वेस्ट बैङ्कको जेनिन शरणार्थी शिविरमा बिहीबार भएको घातक इजरायली हमलापछि इजरायली सेनाले ६१ वर्षीया महिला सहित १० जना प्यालेस्टाइनीको हत्या गरेपछि आक्रमणहरू भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
-
गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर मरे
-
पोर्चुगललाई स्तब्ध पारेको मोरक्कोको निसानामा अब नेदरल्यान्ड्स
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण