जुम्ला र मुगुमा भूकम्पको भ्रामक हल्ला, मानिस रातभर सडकमा
जुम्ला र मुगुमा भुकम्प आउछ भनेर हल्ला फैलाउने मानिसको खोजी भइरहेको छ । भूकम्प आउँदै छ भन्ने हल्लाले रातभर जुम्ला र मुगुका केही स्थानका मानिसहरु घर वाहिर निस्केका थिए। जुम्ला सदरमुकाममा केही मानिसहरु घर बाहिर निस्केर आगो बालेर बसिरहेका थिए । मानिसहरुले दुख पाएपछि स्थानीय प्रशासनको आदेशमा प्रहरीले भ्रामक मानिसको खोजी शुरु गरेको हो।
जुम्लाको माईनस डिग्री कठाग्रिदो चिसोमा मानिसिहरु भुकम्प आउँदैछ भन्ने हल्लाले बाहिर बस्न बाध्य भएका हुन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले भुकम्प आउँदैछ भनेर आफूलाई रातभर फोन आएर हैरान बनाएको बताए। मानिसहरुलाई यसरी दुख दिनेलाई खोजी कार्य शुरु भएको र कारवाही गरिने केशरीले बताए ।
कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय विपत व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले अनुसार भुकम्प आउने पूर्व अनुमान पहिलेनै गर्न नसकिने बताए । यो हल्ला फैलाउने व्यक्तिको खोजी कार्यगरी कारबाही हुन आवश्यक रहेको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेलम्चीको मुहानमा बाढी पस्याे, पानी आपूर्ति बन्द
-
बर्ड फ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन
-
सुत्केरी बिदा लिने जापानकी पहिलो मेयर : किन भइरहेछ राष्ट्रिय बहस?
-
इम्बोलोको गोलमा स्विट्जरल्यान्डले अल्जेरियाविरुद्ध बनायो अग्रता
-
राष्ट्रिय सभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्ड र अल्जेरियाबिच भिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण