तेह्रथुम र ललितपुरमा दुई जना किशोरी बलात्कृत
काठमाडौँ । तेह्रथुम र ललितपुर जिल्लामा दुई जना किशोर बलात्कृत भएका छन् । तेह्रथुममा १४ वर्षीया किशोरी र ललितपुरमा १५ वर्षीया किशोरलाई जबरजस्ती करणी गरिएको प्रहरीको भनाई छ ।
तेह्रथुममा जबरजस्ती करणी गरेको अभियोगमा आठराई गाउँपालिका-६ फुङसिङ बस्ने ६७ वर्षीय सूर्य कन्दङवालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कन्दङवाले ती बालिकालाई केही महिना अगाडिदेखि ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चुहानडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै ललितपुरमा गोरखा तारुघाट गाउँपालिका-८ घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । किशोरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बुझाए सम्पत्ति विवरण
-
सेवा निवृत्त र बहालवाला न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
धामीसहितका विद्यार्थी नेता विनासर्त रिहा गर्न एमालेको माग
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण