तिनाउको वैकल्पिक सडक निर्माणको काम सुरु

रुपन्देही । बुटवलको बुद्धनगरदेखि नहरपुर जोड्ने सडक निर्माणको काम सुरु भएको छ । बुटवल ११ बुद्धनगर तिनाउ पुलदेखि नहरपुर झोलुङ्गे पुलसम्मको सडक विस्तार तथा कालोपत्रे गर्ने कामको सोमबार शिलान्यास भएको हो ।
बुद्धनगरमा एक कार्यक्रमका बीच नगर प्रमुख खेलराज पाण्डेयले सडकको शिलान्यास गरे । सडकको शिलान्यास गर्दै प्रमुख पाण्डेयले बुद्धनगरदेखि नहरपुरसम्मको सडक विस्तारका क्रममा स्थानीयलाई साथमा लिएर काम अघि बढाउने बताए । उनले स्थानीयलाई लाभ हुने र पूर्वपश्चिम राजमार्गको तिनाउ पुल निर्माणको काम सुरु भएपछि वैकल्पिक सडकका रूपमा प्रयोग हुने गरी सडक विस्तार गर्न लागिएको बताए ।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले समयमै काम सम्पन्न गर्न स्थानीयले साथ दिनुपर्ने र नियमित रूपमा अनुगमन गर्ने बताइन् । प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवल उपमहानगरपालिकाका भित्री सडकहरुको स्तरोन्नति र निर्माणको काम सुरु भएको र यसले निरन्तरता पाउने बताए । २ करोड ६० लाख ६५ हजार लागतमा ठेक्का सम्झौता भएको सडक आगामी जेठ १५ भित्र सम्पन्न गर्ने गरी थापा दास जेभी बुटवलले ठेक्का पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैतेदशैँमा बागलुङको कालिकामा दर्शनार्थीको घुइँचो
-
मेलम्चीको पानी वितरण हुने पाइपको परीक्षण आधा सकियो
-
स्थानीय तहको जग बलियो भए सबै सुधार भएर जान्छ : प्रधानमन्त्री प्रचण्ड
-
मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिन प्रधानमन्त्रीमाथि दबाब
-
नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी
-
बालेनलाई प्रचण्डको जवाफ-'चिन्ता नगर्नुस्, यो सरकार निरन्तर ५ वर्ष जान्छ'