माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा गृह मन्त्रालयका विषयमा नेताहरूले जोडदार रूपमा बोलेका छन् । नेताहरूले गृह मन्त्रीबाट रवि लामिछानेले राजीनामा दिएपछि माओवादीले लिनुपर्ने धारणा राखेका हुन् ।
पार्टी पदाधिकारी बैठकमा उपमहासचिव शक्तिबहादुर बस्नेत, सचिव हितमान शाक्य र चक्रपाणि खनालले गृह मन्त्री माओवादी केन्द्रले लिनुपर्ने धारणा राखेका छन् ।
‘प्रधानमन्त्री सफल हुन गृह, अर्थ र परराष्ट्रमध्ये एक मन्त्रालय हुनुपर्छ । अहिले कुनैपनि मन्त्रालय माओवादीको भागमा छैन’ बैठकका सहभागी एक पदाधिकारीले भने, ‘अहिले रवि जीले गृह मन्त्रीबाट राजीनामा दिएपछि पार्टीले लिनुपर्छ । पार्टीले लिएपछि जो गएपनि हुन्छ ।’ रवि लामिछानेको मुद्दा किनारा लागि नसकेको अवस्थामा पुनः गृह मन्त्रालयमा फर्काउने गल्ती गर्न नहुने धारणा राखेका छन् ।
‘अहिले रवि जीको मुद्दा किनारा लागि सकेको छैन । अर्को तत्काल गैर सांसदलाई मन्त्री बनाउनु हुँदैन त्यस निर्णयले सरकारको आलोचना बढ्छ’ ती पदाधिकारीले भने, ‘यस्तो अवस्थामा रवि जीको पार्टीबाट गृह मन्त्री हुने प्रोफाइलको नेता छैनन् । यस्तो अवस्थामा माओवादीले सम्हाल्नुपर्छ ।’
सत्ता साझेदार दललाई गठबन्धनमा जोगाउने नाममा गैर सांसदलाई मन्त्री नबनाउन प्रधानमन्त्री प्रचण्डलाई नेताहरूले दबाब दिएका छन् । सत्ता जोगाउने नाममा अनुचित काम नगर्न नेताहरूले प्रचण्डलाई सुझाव दिएका छन् । यदि गृह माओवादी भागमा आएमा शक्ति बस्नेत जाने दाउमा छन् । प्रचण्ड नेतृत्वको सरकारमा बस्नेत मन्त्री हुन खोजेपनि सत्ता साझेदार दलमा भागवण्डा मिलाउनुपर्ने भएकाले उनी रोकिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण