बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पैसा फिर्ता नपाएपछि बचतकर्ताको बिचल्ली

मङ्गलबार, १७ माघ २०७९, १३ : ०७
मङ्गलबार, १७ माघ २०७९

रुपन्देही । भक्तपुरमा केन्द्रीय कार्यालय रहेको ‘शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ बुटवल शाखाले रकम फिर्ता नदिएपछि बचतकर्ताहरू बिचल्लीमा परेका छन् । सहकारीले दिएका चेक नसाटिएपछि दैनिक सहकारी बचतकर्ताहरू दैनिक सहकारीको बुटवल योगी कुटीमा रहेको शाखा रकम चाहियो भन्दै जाने गरेका छन् ।

मंगलबार बिहानैदेखि बचतकर्ताहरू आफ्नो रकम चाहियो भन्दै पुगे पनि एक जना कर्मचारी मात्रै कार्यालयमा थिए । तर ती कर्मचारी ‘सर आएपछि सबै कुरा मिल्छ’ भन्नै तर्किए । रुपन्देहीको तिलोत्तमा वार्ड १ की पम्फादेवी शर्मा घिमिरे २०७८ साल मङ्सिर देखि बचत गरे पनि अहिले चाहिएको बेला पैसा नपाएको  गुनासो गरिन् । उनले आफूलाई पटक पटक रकम लिन बोलाउने तर आउँदा नदिने गरेको रातोपाटीसँग गुनासो  गरिन् । यस्तै बुटवल उपमहानगरपालिका वार्ड १० कालिकानगरकी हिम खनालले आफूले ३५ हजार रुपैयाँ पाउनुपर्नेमा २ महिनादेखि धाएपनि नपाएको गुनासो गरिन् । 

२०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको शिव शिखर सहकारी संस्थाको केन्द्रीय कार्यालय भक्तपुरमा छ भने देशका विभिन्न स्थानमा ‘गार्डेन मार्ट डिपार्टमेन्ट स्टोर’सोही सहकारीले चलाएको छ। बुटवल उपमहानगरपालिकाबाट २०७८ साउनमा व्यवसाय दर्ता प्रमाणपत्र लिएर योगी कुटीमा डिपार्टमेन्ट स्टोर चलाएको छ। डिपार्टमेन्ट स्टोर चलाएको घरमा नै सहकारी चलाएको बुटवल योगी कुटीमा दिन बचतकर्ताको भीड लाग्ने गरेको छ। हातमा चेक बोकेर सहकारीको कार्यालय पुग्ने बचतकर्ताहरू निराश भएर फर्किने गरेका छन् ।

गत महिना सहकारी कार्यालयमा बचतकर्ताहरूको भिड बढ्दै गएपछि सञ्चालकहरूले माघ सात गतेभित्र सबै रकम भुक्तानी दिने आश्वासन दिएका थिए । तर अहिले सञ्चालक र व्यवस्थापक सम्पर्कविहीन जस्तै भएको बचतकर्ता गुनासो रहेको छ।  चितवन घर भएका सहकारीका उपाध्यक्ष भोजराज पौडेलले आफूहरू सम्पर्कमा नै रहेको रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप