मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय
‘ह्यारी कि प्यारी’ को प्रिमियरमा जे देखियो, तस्बिरमा हेर्नुहोस्

‘ह्यारी कि प्यारी’ को प्रिमियरमा जे देखियो, तस्बिरमा हेर्नुहोस्

फिल्म राम्रो बनेको प्रतिक्रिया
मङ्गलबार, १७ माघ २०७९

काठमाडौँ । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘ह्यारी कि प्यारी’ को प्रिमियर गरिएको छ । मङ्गलवार कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रिमियरमा कलाकर्मी र रंगपत्रकारको उपस्थिति रहेको थियो । प्रिमियरमा सहभागीहरू फिल्म मन परेको प्रतिक्रिया दिए । फिल्मका मुख्य कलाकार जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनयको समेत धेरैले तारिफ गरे । कलाकार विजय बरालले समेत अभिनयबाट तारिफ पाएका थिए ।

कार्यक्रममा कलाकार सन्तोष पन्तले ‘ह्यारी कि प्यारी’ मार्फत आफूलाई सिरियस भूमिका समेत निर्वाह गर्न सक्ने कलाकार भनेर प्रमाणित गरेको बताए । ‘जितुको अभिनय हेर्दा गर्व लाग्यो’, पन्तले भने ‘जितु अव हास्य कलाकार मात्र होइन, राम्रो कलाकार पनि भयो ।’ कलाकार पन्तले साम्राज्ञीको समेत अन्य फिल्मको भन्दा अहिले राम्रो अभिनय पाएको सुनाए ।

त्यस्तै कलाकार निर्देशक दीपाश्री निरौलाले फिल्मले आफूलाई रुवाएको बताइन् । उनले जितुको अभिनय देख्दा आफू प्रभावित भएको धारणा समेत राखिन् ।  दीपाले फिल्मका निर्देशक डा. कपिल रिजालको पनि तारिफ गरिन् ।

यसैगरी अभिनेता दीपकराज गिरीले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए भने अर्का कलाकार केदार घिमिरे ‘माग्नेबुढाले’ फिल्मले हसाउँदा हसाउँदै रुवाएको बताए । उनले कलाकार जितु नेपाल र विजय बरालको अभिनय राम्रो भएको धारणा राखे ।

प्रिमियरमा कलाकारहरू मदनकृष्ण श्रेष्ठ, किरण केसीसहित डा. भोला रिजाल, आपी पन्त, उत्तम केसी, आकाश अधिकारी, गायक यस कुमार, कमेडियन हिमेश पन्त लगायत थुप्रै कलाकर्मीको उपस्थिति थियो ।

हास्य कलाकार जितु नेपाल पहिलो पटक हिरोका रूपमा यो फिल्ममा देखिएका छन् । जितुको अलावा अभिनेत्री साम्राज्ञी आरएल शाह, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाल समेतको अभिनय फिल्ममा छ । फिल्मको एक गीतमा अभिनेत्री रेखा थापाले समेत आइटम नृत्य गरेकी छन् ।

फिल्म गीतकार तथा डा. भोला रिजालले निर्माण गरेका हुन् । डा. कपिलको यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । निर्देशक डा. रिजालले सबैले हेर्न मिल्ने फिल्म आफूले बनाएको बताए । उनले फिल्म राम्रो नराम्रो जे भएपनि प्रतिक्रिया दिन अनुरोध गरे । 

पटकथा÷संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल र अभिमन्यु निरवीले मिलेर लेखेको फिल्ममा डा. भोला रिजालका गीत, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन छ । कविराज गहतराजको कोरियाग्राफी, सुदीप बरालको छायाङ्कन रहेको फिल्ममा अर्जुन जिसीको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया