भक्तपुरबाट एकजना नक्कली परीक्षार्थी पक्राउ
बुधबार, १८ माघ २०७९, ११ : १०

भक्तपुर । प्रहरीले भक्तपुरको ईजिवे ट्रायल सेन्टरबाट एक जना नक्कली परीक्षार्थी पक्राउ गरेको छ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेस्थित ईजिवे ट्रायल सेन्टरमा दोलखा गौरीशङ्कर गाउँपालिका–५ का २५ वर्षीय युवराज खड्काको नाममा दुई पाङ्ग्रे सवारीको ट्रायल परीक्षा दिने दोलखा गौरीशङ्कर– ५ कै २३ वर्षीय देवबहादुर श्रेष्ठलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
प्रहरी सहायक हवलदार भूपेन्द्र कार्कीको टोलीले नियन्त्रणमा लिएको परिसरका प्रमुख एसपी प्रजित केसीले जानकारी दिए । सोही घटनाको वास्तविक परीक्षार्थी युवराज खड्कालाई कार्यालयमा झिकाई थप अनुसन्धानको लागि कार्यालयको हिरासतमा राखिएको प्रहरीको भनाइ छ । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनलमा पुग्ने लक्ष्यसहित नेपाल आज बलियो बंगलादेशसँग भिड्दै
-
भरतपुर महानगरले धुर्मुस–सुन्तलीको ऋण नबोक्ने, सोझै फाउन्डेसनमा अनुदान पठाउन पत्र
-
बानेश्वरमा जिपको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
रुस–युक्रेन वार्ताबाट खासै आश छैन : अमेरिकी विदेशमन्त्री
-
अर्थ मन्त्रालयले स्वीकृत ऋण नदिँदा रुकुमका स्थानीय तह अप्ठ्यारोमा परे : शर्मा