'थलापति ६७' मा भिलेन सञ्जय दत्त
मुम्बई । बलिउड अभिनेता सञ्जय दत्त हिरो र भिलेन दुवै चरित्रमा अब्बल अभिनय गर्छन् । त्यहीकारण उनको फ्यान फलोइङ उल्लेख्य छ । सञ्जयले साउथ फिल्म उद्योगको सुपरहिट फिल्म ‘केजीएफ २’मा भिलेन अधिराको भूमिका निभाएका थिए ।
यिनै सञ्जय अब साउथ अभिनेता थलापति विजयको फिल्म ‘थलापति ६७’मा पनि भिलेनका रुपमा देखिने भएका छन् । फिल्मको निर्देशन लोकेश कगनराजले गर्नेछन् ।
फिल्मका निर्माता जगदीशले आफ्नो ट्वीटर हेण्डलमा फिल्ममा सञ्जयको लुक्सको पहिलो झलक सार्वजनिक गरेका छन् । ‘सञ्जय दत्त सर तपाईंले हामीलाई पहिलो भेटमै निकै सहज महसुस गराउनुभएको छ । हामी तपाईंसँग सहकार्य गर्न पाउँदा खुसी छौं । प्रेम र सहयोगका लागि धन्यवाद’, उनले लेखेका छन् ।
जगदिशले सञ्जयको जुन तस्बिर सेयर गरेका छन्, त्यसमा सञ्जयको भनाइलाई पनि लेखेका छन् । ‘जब मैले थलापति ६७ को वान लाइनर सुनें, त्यही बेला म यो फिल्मको हिस्सा हुनुपर्छ भन्ने निर्णय लिइसकेको थिएँ । म यो यात्राको सुरुवात गर्न पाउँदा रोमाञ्चित महसुस गरिरहेको छु’, सञ्जयले भनेका छन् ।
कामको कुरा गर्दा सञ्जय सन् २०२२ मा यशको फिल्म ‘केजीएफ २’, अक्षय कुमारको ‘सम्राट पृथ्वीराज’ र रणवीर कपुरको फिल्म ‘शमशेरा’मा देखिएका थिए । उनी यो वर्ष ‘थलापति ६७’का अलावा ‘द गुड महाराजा’ र ‘घुडचढी’मा देखिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण