चौधरीको चुनौती : न राजा पुनः स्थापित हुन्छन् न हिन्दुराज्य !

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले बुधबार प्रतिनिधि सभामा देखिएको सांसदहरुको प्रस्तुतिले लोकतान्त्रिक व्यवस्था खतरामा परेको बताएका छन् ।
पूर्वमन्त्री समेत रहेका चौधरीले सत्तापक्षकै सांसद र मन्त्रीहरुले संविधान,संघीयताबारे दिएको अभिव्यक्तिलाई लक्षित गर्दै लोकतान्त्रिक व्यवस्था खतरामा परेको बताएका हुन् ।
सांसद चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘२०७९ माघ १८ गते प्रतिनिधि सभामा देखिएको प्रस्तुतिले लोकतान्त्रिक व्यवस्था खतरामा परेको महसुस भएको छ । राप्रपाबाट निर्वाचित माननीय ज्युले खुलेरै भन्नुभयो, हामी राजा स्थापित गर्न चाहन्छौ । हिन्दुराज्य बनाउन चाहन्छौ । साथै राप्रपा पार्टीलाई नहोच्चाउनका लागि सचेत समेत गराउनु भएको छ ।’
उनले गणतन्त्रवादी शक्तिहरूले व्यवस्थाका विषयमा गम्भीर बन्न जरुरी भएको समेत बताएका छन् । ‘यसैले गणतन्त्रवादी शक्तिहरू व्यवस्था विषयमा गम्भीर बन्नु जरुरी छ’, चौधरीले भनेका छन्, ‘स्मरण रहोस्– न राजा पुनः स्थापित हुन्छन् न त नेपाल हिन्दु राज्य पुनः हुन्सक्छ । यसैले त्यो विषयमा छलफल नगरेकै राम्रो ! बरु लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्ने विषयमा बहस र छलफल गरौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा पिकअप भ्यानको ठक्करबाट एक बालकको मृत्यु, दुई घाइते
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ
-
ओलीले झुक्याउने प्रचण्डलाई आशङ्का, त्यसपछि गएनन् सिंहदरबार
-
सरकार र शिक्षक महासंघविचको सहमति, विद्यालय शिक्षक कर्मचारी नै असन्तुष्ट
-
गौरीटापको पर्यटन प्रवर्द्धनका लागि स्पार्क एड्भेञ्चर
-
मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ : पूर्वराष्ट्रपति भण्डारी