शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रास्वपाका नेता कार्की भन्छन्–हामीबाट गल्ती हुन लागेकै छ

बुधबार, १८ माघ २०७९, १५ : २९
बुधबार, १८ माघ २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्कीले माओवादी अध्यक्ष प्रचण्डहरुले विधि र नैतिकताको कुरा गर्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीहरुले समर्थन र सद्भाव देखाउनुपर्ने दिनको अपेक्षा नगरेको बताएका छन् । 

कार्कीले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीलाई हेरेर ‘प्रचण्ड’हरुले विधि र नैतिकताको कुरा गर्ने । हामीलाई ओली‘हरु’ले समर्थ र सद्भाव देखाउनुपर्ने । यस्ता दिनको त हामीलाई अपेक्षा नै थिएन । यस्ता दिन त हामीले चाहेकै थिएनौं, तर भोगिरहेका छौ ।’

उनले राजनीतिक रूपमा नै केही गल्ती भएको भन्दै अझै केही गल्ती हुन लागेको संकेत गरेका छन् । ‘राजनीतिक रूपमा नै केही गल्ती त हामीबाट भएकै छ । केही गल्ती हामीबाट हुन लागेकै छ,’ कार्कीको भनाइ छ ।

ggg

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप