निर्वाचनमा अन्तरघात गर्नेहरुमाथि जसपाले स्पष्टीकरण लिँदै
बुधबार, १८ माघ २०७९, १८ : २२
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनमा घात अन्तरघात गर्नेहरुमाथि स्पष्टीकरण सोध्ने कामलाई तीव्रता दिएको छ ।
पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य शिवलाल थापा संयोजकत्वको छानबिन समितिले जिल्ला जिल्लामा पुगी निर्वाचनको समयमा पार्टी हित विपरीत कार्य गरेको आरोप लागेका नेता, कार्यकर्ताहरूको विवरण संकलन गर्ने र बयान लिने कार्य गरिरहेको हो ।
समितिको टोलीले मोरङ, सप्तरी, सिराहा, महोत्तरी र धनुषामा पुगी आरोपितहरुबारे सत्यतथ्य बुझ्ने कार्य गरिरहेको छ । टोली बुधबार सर्लाहीको मलङ्गवा पुगेको छ ।
पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यदेखि स्थानीय तहका नेताहरुमाथि निर्वाचनमा अन्तरघातको आरोप लागेको छ ।
पार्टीको राजनीतिक समितिको बैठकले छानबिन समितिलाई आफ्नो कार्य सम्पन्न गर्न माघ मसान्तसम्मको समय सीमा दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिनाको पहिलो दिन कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण