फेसबुकमा दलितलाई विभेदकारी शब्द लेख्नेलाई कारबाही गर्न माग
जुम्ला । फेसबुकमा स्टाटस लेखेर विभेदकारी शब्द प्रयोग गरेको भन्दै दलित सेवा संघ शाखा जुम्लाले एक पुरुषलाई कारबाहीको माग गरेको छ। दलित सेवा संघ शाखा जुम्लाले बुधबार प्रेस विज्ञप्ति जारी गरि कारबाहीको माग गरेको हो।
सामाजिक सञ्जाल फेसबुकबाट दलित समुदायमाथि सिधै अपमान गर्ने शब्द लेखिएको प्रति ध्यानाकर्षण भएको संघले बताइएको छ। जुम्लाकाे सिंजा गाउँपालिका-२ घोडेङ्गा निवासी अन्दाजि वर्ष ४० का गौरीलाल जैशीको गौरीलाल तिमिल्सिना नामक फेसबुक अकाउन्टबाट विभेदकारी शब्द प्रति दलित समुदायको ध्यानाकर्षण भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
स्टाटसले जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन,२०६८ आकर्षित हुने भएकाले दोषीलाई कानुन बमोजिम कडाभन्दा कडा कारबाही गर्न जिल्ला स्थिति सरोकारवालासँग माग गरिएको दलित सेवा संघ जुम्लाशाखाका अध्यक्ष भीमबहादुर नेपालीले बताए।अध्यक्ष नेपालीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सशक्त आन्दोलनका कार्यक्रम अगाडि बढाइने चेतावनी दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण