ठमेलमा मंगोलियन हार्टको लाइभ कन्सर्ट हुने
काठमाडौँ । चर्चित साङ्गीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाले काठमाडौँको ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा लाइभ कन्सर्ट गर्ने भएका छन् । ‘भ्वाइस अफ नेपाल’को कोच समेत रहेका लामाले शुक्रबार बेलुकी आफ्नो ब्यान्ड ‘मंगोलियन हार्ट’ सहित लाइभ प्रस्तुति दिने भएका हुन् ।
कन्सर्टमा लामाले मंगोलियन हार्टका चर्चित गीतहरूमा प्रस्तुति दिने तयारी छ । टर्टलका सञ्चालक आयुष ठकुरीका अनुसार लामाले मंगोलियन हार्टका चर्चित गीतहरू पर्खाइमा भिज्यो सिरानी, तिमीलाई देखेर, हल्ला चलेछ, बादल पारीको देशबाट, म माया लाउँदिन, सायद तिम्रो बाटोमा लगायत गीतहरू प्रस्तुत गर्नेछन् । यसअघिका टर्टलमा गायिकाहरु तृष्णा गुरुङ, तिर्सला गुरुङ लगायतले लाइभ ब्यान्डसहित साङ्गीतिक प्रस्तुति दिएका थिए ।
विगत पाँच वर्षदेखि सञ्चालित टर्टल क्लब गत क्रिसमस इभमा सविन राईको लाइभ कन्सर्टसहित नयाँ स्वरूपबाट सञ्चालनमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण