ठमेलमा मंगोलियन हार्टको लाइभ कन्सर्ट हुने

काठमाडौँ । चर्चित साङ्गीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाले काठमाडौँको ठमेलस्थित टर्टल लाउन्ज एन्ड क्लबमा लाइभ कन्सर्ट गर्ने भएका छन् । ‘भ्वाइस अफ नेपाल’को कोच समेत रहेका लामाले शुक्रबार बेलुकी आफ्नो ब्यान्ड ‘मंगोलियन हार्ट’ सहित लाइभ प्रस्तुति दिने भएका हुन् ।
कन्सर्टमा लामाले मंगोलियन हार्टका चर्चित गीतहरूमा प्रस्तुति दिने तयारी छ । टर्टलका सञ्चालक आयुष ठकुरीका अनुसार लामाले मंगोलियन हार्टका चर्चित गीतहरू पर्खाइमा भिज्यो सिरानी, तिमीलाई देखेर, हल्ला चलेछ, बादल पारीको देशबाट, म माया लाउँदिन, सायद तिम्रो बाटोमा लगायत गीतहरू प्रस्तुत गर्नेछन् । यसअघिका टर्टलमा गायिकाहरु तृष्णा गुरुङ, तिर्सला गुरुङ लगायतले लाइभ ब्यान्डसहित साङ्गीतिक प्रस्तुति दिएका थिए ।
विगत पाँच वर्षदेखि सञ्चालित टर्टल क्लब गत क्रिसमस इभमा सविन राईको लाइभ कन्सर्टसहित नयाँ स्वरूपबाट सञ्चालनमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ
-
‘हान’लाई मजदुर सङ्गठनको ध्यानाकर्षणपत्र
-
एक महिलाको मृत्यु प्रकरणको अनुसन्धानका लागि चार जना नियन्त्रणमा
-
नेविसंघ नेता दाहालको मर्ने र मार्ने धम्की
-
कैलालीको लम्कीचुहा मोतीपुरमा एक पुरुषमाथि खुकुरी प्रहार
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेज, जोशीको सदर