बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कृष्णा अभिषेकपछि यी हास्य कलाकारले छोडे ‘द कपिल शर्मा सो’, पारिश्रमिकमा कुरा मिलेन ?

बिहीबार, १९ माघ २०७९, १२ : ४४
बिहीबार, १९ माघ २०७९

‘द कपिल शर्मा सो’ ले लामो समयदेखि दर्शकलाई मनोरञ्जन प्रदान गर्दै आएको छ । कार्यक्रम कुनै न कुनै कारणले चर्चामा छाइरहन्छ । यस्तै अब ‘द कपिल शर्मा सो’ को विषयमा एउटा नयाँ खबर आएको छ । रिपोर्टका अनुसार कृष्णा अभिषेक र चन्दन प्रभाकरपछि सिद्धार्थ सागर कार्यक्रमबाट बिदा भएका छन् । के हो घटना ? यसबारे जानकारी लिऔँ ।

सिद्धार्थ सागरले छोडे द कपिल शर्मा सो

‘द कपिल शर्मा सो’ को नयाँ सिजनमा थुप्रै नयाँ कलाकारको आगमन भएको छ । यीमध्ये एक सिद्धार्थ सागर पनि हुन् । कमेडी  साेमा सिद्धार्थ सागर ‘सेल्फी मौसी’ र ‘उस्ताद घरचोरदास’ जस्ता थुप्रै भिन्न भिन्न भूमिकामा दर्शकलाई  मनाेरञ्जन दिइरहेको देखिन्छन् । यस्तै, अब उनले सो छोडेको खबर सार्वजनिक भइरहेको छ । इटाइम्सको रिपोर्ट अनुसार सिद्धार्थ सागरले ‘द कपिल शर्मा सो’ लाई बाई भनेका छन् ।

सिद्धार्थ सागर कार्यक्रममा आफ्नो पारिश्रमिक बढाउन चाहिरहेका थिए तर निर्माताले उनको चाहना पुरा गर्न सकेनन् । त्यसैले उनले सो नै छोड्ने निर्णय गरे । ‘द कपिल शर्मा सो’ अफर भएपछि सिद्धार्थ दिल्लीबाट मुम्बई सरेका थिए । उनी पुनः दिल्ली फर्किएका छन् । यद्यपि, जब यसबारे सिद्धार्थ सागरसँग एक भारतीय सञ्चार माध्यमले कुरा गर्ने कोसिस गर्‍यो तब उनले यसबारे केही भन्न अस्वीकार गरे ।

Captureयी कलाकारले पनि छोडिसकेका छन् सो

सिद्धार्थ सागर पहिलो कलाकार होइनन् जसले टेलिभिजनको चर्चित सोलाइ बाई बाई भनेका छन् । यसअघि भारती सिंह, कृष्णा अभिषेक, सुनिल ग्रोवर, अली असगर, उपासना सिंह र चन्दु चायवालाको भूमिका निभाउने चन्दन प्रभाकरले पनि सो छोडिसकेका छन् । हालै एक कार्यक्रमका बेला कृष्णा अभिषेकले उनको र कपिल शर्माबीच केही खटपट नभएको र आफूहरू छिट्टै सँगै काम गरेको देखिने बताएका थिए ।

यस्तोमा प्रश्न यो उठ्छ कि सिद्धार्थ सागरले सो छोडेपछि ‘द कपिल शर्मा सो’ मा कृष्णा अभिषेकको एन्ट्री होला ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप