बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पहिला शिक्षक सेवाको लिखित परीक्षामा फेल, पुनर्योगपछि अन्तरवार्ताका लागि छनोट

बिहीबार, १९ माघ २०७९, १५ : २०
बिहीबार, १९ माघ २०७९

काठमाडौँ । लिखित परीक्षामा फेल भएका परीक्षार्थी पुनर्योगपछि पास भएका छन् । शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको लिखित परीक्षामा अनुत्तीर्ण भएका तीन जना उम्मेदवार पुनर्योगपछि पास भएका हुन् । आयोगले पुस २७ गतेदेखि माघ १३ गतेसम्म प्रकाशन गरेको लिखित परीक्षाको नतिजामा तीन जना उम्मेदवार फेल भएका थिए । त्यसपछि उनीहरूले पुनर्योगका लागि निवेदन दिएका थिए । पुनर्योगपछि उनीहरू अन्तर्वार्ताका लागि छनौटमा परेका हुन् । 

त्यसरी पुनर्योगका लागि निवेदन दिनेमा महोत्तरीका सन्तोष कुमार बमजन, रामेछापका हरिओम सुनुवार र सिन्धुलीका ज्ञानेन्द्रकुमार न्यौपाने अन्तर्वार्ताका लागि छनौटमा परेका हुन् ।  लिखित (विषयगत) परीक्षाको नतिजा चित्त नबुझी पुनर्योगका लागि खोटाङ, पर्सा, महोत्तरी, रामेछाप, सिन्धुली, रसुवा, रुपन्देही, सल्यान, हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा, डडेलधुरा, डोटी, बैतडी, स्याङ्जा, दैलेख र नुवाकोटका उम्मेदवारहरूले नजिता पुनर्योगका लागि निवेदन दिएका थिए ।  

पुनर्योगका लागि आवेदन दिएका अन्यको भने नतिजा फेरबदल नभएको आयोगले जनाएको छ । पुनर्योगबाट अन्तर्वार्ताका लागि छनोटमा परेकाहरूको २० देखि २३ गतेसम्म अन्तर्वार्ताका लागि मिति तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप