सेयर बजार २२.१२ अंकले घट्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ ।
बिहीबार नेप्से परिसूचक २२.१२ अंकले ओरालो लागेर २०९४.५४ विन्दुमा आएर रोकिएको छ ।
बुधबार नेप्से परिसूचकमा ४.९७ अंकले वृद्धि भएको थियो । सोही दिन १ अर्बभन्दा बढीको सेयर कारोबार थियो ।
बिहीबार १९ कम्पनीमा उकालो लागेको छ भने १९४ कम्पनीमा ओरालो लागेको छ । साथै ३ कम्पनी स्थिर रहेको छ । बिहीबार २५७ कम्पनीको कारोबार भएको र ५८ लाख ९८ हजार ९०३ कित्ता सेयर किनबेच भएको छ । यसैगरी २ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको करिब १० करोड रुपैयाँको सेयर बिक्री भएको छ। साथै, एनआईसी एशिया बैंकको ५ करोड ५० लााखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।
आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । सबै उपसूचकहरू राताम्मै भएको छ । सबैभन्दा धेरै जीवन बिमा र हाइड्रो पावरको २ प्रतिशतले मूल्य घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण