बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदनको मस्यौदा पेस हुने

बिहीबार, १९ माघ २०७९, १८ : ०४
बिहीबार, १९ माघ २०७९

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले माघ २१ र २२ गते हुन लागेको केन्द्रीय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले केन्द्रीय कमिटीको बैठकका लागि राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरेको र प्रतिवेदनलाई पुनः परिमार्जन गरी केन्द्रीय कमिटीमा पेस गर्ने बताए । उनले प्रतिवेदनलाई थप परिष्कृत बनाउन बैठक बसेको बताए । 

बैठकले राजनीतिक प्रतिवेदनमा देशको समसामयिक स्थिति, सरकार, संसद्का विषयलाई पनि समेटिएको उनले बताए । उनले संगठन निर्माण, संगठन व्यवस्थापन र पुनः गठनका प्रक्रियालाई पनि प्रतिवेदनमा समेटिएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप