प्रचण्ड र ओलीले समय मागेपछि रास्वपाले २ दिन पर्खने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने कि नबाहिरिने भन्ने निर्णय दुई दिनपछि मात्रै गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
बैठक जारी रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सभापति रवि लामिछानेलाई फोन गरेर २ दिनको समय मागेपछि कुर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता मुकुल ढकालले बताए ।
‘बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल गर्यौँ । ३९ जना सबैले आफ्नो भनाइ राख्नुभयो । बैठक बसिरहेका बेला प्रधानमन्त्री प्रचण्ड र उच्चस्तरीय संयन्त्रका संयोजक ओलीको फोन आयो । दुवैले सन्देश पनि पठाउनुभयो । उहाँहरूले दुई दिनको समय माग्नुभयो’, प्रवक्ता ढकालले भने, ‘त्यसलाई ध्यान दिएर २ दिनपछि निर्णय गर्ने सहमति भयो ।’
उनले २ दिनभित्र उच्चस्तरीय संयन्त्रको बैठक बसेर सकारात्मक जवाफ नआए जस्तोसुकै निर्णय गर्न सकिने पनि बताए ।
उनले राजनीतिक इमानदारिता देखाउन पनि दुई दिन कुर्नुपर्ने बताए । गृह मन्त्रालय आफ्नो पार्टीले पाउने र सरकारका न्यूनतम साझा कार्यक्रम लागु गर्न भनेर नै यसअघि आफ्नो पार्टी सरकारमा गएको उनले बताए ।
नागरिकता विवादमा मुछिएपछि पद गुमाएका रास्वपा सभापति लामिछानेले नागरिकता सक्रिय भएसँगै गृह मन्त्रालय पाउनुपर्ने अडान राखेका थिए । तर, उनलाई गृह मन्त्रालय दिन नसकिने प्रधानमन्त्री प्रचण्डले बताएपछि रास्वपा सरकारबाट बाहिरिने धम्की दिँदै आएको थियो ।
पार्टीमा यस विषयमा समेत दुई धार देखिएको थियो । त्यही कारण ठोस छलफल गर्न भन्दै बोलाएको बैठकले नेताहरूको आग्रहमा २ दिने कुर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण