सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने आदेशविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।
गत २८ पुसमा उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय दायर गरेको रिटमा शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले लामिछानेविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने आदेशसम्मको सबै कागजात मागेको हो । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो ।
नाबालिग बलात्कार अभियोगमा पुर्पक्षका लागि जेल जीवन बिताइरहेका लामिछाने उच्च अदालतको आदेशअनुसार २० लाख धरौटी बुझाएर गत २९ पुसमा रिहा भएका थिए । तर, उनलाई धरौटीमा रिहा गर्ने आदेश बदरको माग राखेर महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण