नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने
काठमाडौँ । नेपाल वायुसेवा निगमले अनलाइनबाट टिकट काट्ने व्यवस्था सुरु गरेको छ । निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकटका अनलाइनमार्फत् काट्न सक्ने भएका छन् । “नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि हाललाई ई–सेवाबाट पूर्णरुपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने प्रबन्ध गरेको छ”, निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निगमले आगामी दिनमा अन्य वालेट तथा वेवसाइटमार्फत् पनि टिकट काट्ने व्यवस्था मिलाइने बताएको छ ।
निगमले दुर्गम र विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखेको बताएको छ । “आन्तरिकतर्फ उडान हुने विमानको उपलब्ध सिट संख्या १९ भए पनि विमानको यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमता लगायतका विविध कारणहरुले प्रभाव पार्ने हुँदा बिक्री गर्न सकिने सिट संख्यामा स्वतः परिवर्तन हुने जानकारी गराइन्छ”, जारी विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण