घनश्यामले भने– मेडिकल रिपोर्ट सामान्य छन्
शुक्रबार, २० माघ २०७९, १५ : ११

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसालले मेडिकल रिपोर्टहरु सामान्य रहेको बताएका छन् । गाडी चलाउँदा चलाउँदै बेहोस भएपछि काठमाडौंको सिभिल अस्पतालमा भर्ना भएका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भुसालले आफूलाई चोटपटक वा गम्भीर समस्या नरहेको स्पष्ट पारेका छन् ।
‘सडक दुर्घटनाको कारण सिभिल अस्पतालमा उपचाररत रहेको हुँदा अहिलेसम्म कुनै प्रकारको चोटपटक वा गम्भीर समस्या नरहेको छ’उनले भने, ‘साथै मेडिकल टेस्टको हालसम्मको रिपोर्टहरू समेत सामान्य रहेको जानकारी गराउँदै चासो–चिन्ता व्यक्त गर्नुभएकोमा सबैप्रति आभार व्यक्त गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिटामोल तथा जीवनजल खरिदका लागि पत्राचार
-
पूर्वडीआईजी जोशीको मुद्दा हेर्न नमिलेपछि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट पनि ‘हेर्न नमिल्ने’
-
अर्थमन्त्री पौडेल छलफलमा उपस्थित नभएको भन्दै आपत्ति
-
आगलागी भएको मखनमा सुनिता : ग्यास कम्पनीहरूको प्रभावकारी अनुगमन गर्ने
-
गर्मीको बहार, खर्बुजाको व्यापार (तस्बिरहरू)
-
चालु खर्च ६५ प्रतिशतलाई ३५ मा झार्ने गरी बजेट ल्याउनुस् : जनार्दन शर्मा