अर्काको पार्टी खारेज गरी पाउँ भनेर कसैले उजुरी गर्न पाउँदैन : प्रमुख आयुक्त थपलिया
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै व्यक्तिले उजुरी गर्दैमा राजनीतिक दल खारेज नहुने बताएका छन् । शुक्रबार काठमाडौँमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन समिक्षा कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले संविधान र कानुनमा भएको व्यवस्थाले ब्यक्तिलाई सो अधिकार नहुने बताए । पत्रकारले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि आयोगमा उजुरी परेको बारेमा राखेको जिज्ञासाको जवाफ दिँदै थपलियाले सो कुरा बताएका हुन् ।
उनले भने– ‘कुनै राजनीतिक दलको दर्ता खारेजीको कुरा छ, त्यसलाई हामीले कानुन बमोजिम टुङ्ग्याउनुपर्दछ । राजनीतिक दल दर्तासम्बन्धी ऐनको दफा १२ र १३ मा दल खारेजी सम्बन्धी कानुनी ब्यवस्था छ । नेपालको संविधानको धारा २७० मा रहेको व्यवस्थाले कुनैपनि अर्को व्यक्तिलाई कुनै अर्को पार्टी खारेज गरिपाउँ भनेर अधिकार दिँदैन । यदि त्यसो हुने हो भने त ‘क’ भन्ने पार्टी खारेज गरिपाउँ भनेर ‘ख’ भन्ने पार्टीको मान्छेले निवेदन दिँदै हिँडिहाल्छन् नी । कानुनले त्यस्तो परिकल्पना गरेको छैन किनभने दलीय प्रतिस्पर्धामा दलहरु इमान्दार हुन्छन्, दलमा आउने मान्छेहरु साँच्चै नै राष्ट्रप्रति, जनताप्रति प्रतिबद्ध हुन्छन्, उनीहरुले बुझाउनुपर्ने कागजातहरु सहि हुन्छन् भन्ने विश्वास गर्नुपर्छ । त्यसकारण हामी आयोगमा आएको कुनैपनि आवेदकको निवेदन तदअनुरुप समयमै निरुपण गर्छौँ ।’
दल खारेजीका लागि निश्चित क्राइटेरियाहरु रहेको बताउँदै त्यो क्राइटेरियाभित्र बसेर आयोगले काम गर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण