कालिकोटमा अटो दुर्घटना, १ जनाको मृत्यु
शुक्रबार, २० माघ २०७९, २१ : ५७
कालिकोट । कालिकोटमा अटो दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । जिल्लाको तिलागुफा नगरपालिकामा मेला हेर्न जाने क्रममा अटो दुर्घटना हुँदा जुम्ला हिमा गाउँपालिका–४ का बिर्खबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा दुईजना घाइते भएका छन्। घाइते हुनेमा शाहीकी पत्नी र छोरी रहेका छन् । खाडाचक्र नगरपालिका मान्म बजारदेखि तिलागुफा नगरपालिका गाल्जेमा सत्यदेवीको मेला हेर्न जाँदा खल्लागाड नजिकै भे १ ह ५९२२ नम्बरको अटो दुर्घटना भएको थियो । अटोमा चालकसहित ४ जना सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण