आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

फुटबलको केक काटेर मनाए प्रधानमन्त्री ओलीले जन्मदिन

शुक्रबार, ११ फागुन २०७४, १० : १६
शुक्रबार, ११ फागुन २०७४

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आफ्नो ६६ औ जन्मदिन मनाएका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले दुईवटा केक काटेर मनाएका हुन् । 

कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्यलगायत एमाले नेताहरु सहभागि भएका थिए ।  

वि.सं. २००८ फागुन ११ शनिबार तेह्रथुम जिल्लामा जन्मेका हुन्, ओली ।

सामान्य पारिवारिक अवस्थामा जन्मेका उनका बाबु मोहनप्रसाद ओली ज्योतिषि हुन् ।  हजुरबा स्व.मनरथ ओली र हजुरआमा स्व. राममाया ओलीका माता मधु ओलीको निधन भैसकेको छ । श्रीमती राधिका शाक्यसाथ बालकोटमा बस्दै आएका ओली भाइ तथा बुहारी जयप्रसाद ओली र इन्दिरा ओली छन् ।

त्यस्तै दिदी र बहिनी  विष्णुमाया, कौशिला र राजु रहेका छन् । 

स्थायी निवास अनन्तलिङ्गेश्वर– २, बालकोट भक्तपुर भएका ओलीको अस्थायी बसोबास भने शरणामती– ६, झापा हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप