माधव नेपालको प्रतिवेदन : यी हुन् कांग्रेस नेतृत्वको गठबन्धन भत्कनुका कारणहरु
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस नेतृत्वको गठबन्धन भत्कनुका कारणहरु पार्टी समक्ष जानकारी गराएका छन् । पार्टीको पाँचौ विस्तारित केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै नेता नेपालले गठबन्धन टुट्नुका कारण बुँदागत रुपमा प्रस्तुत गरेका छन् ।
अध्यक्ष नेपालले अप्रत्यासित रूपमा गठबन्धन भत्कनुका कारण यसरी प्रस्तुत गरेका छन् ।
१. निर्वाचनबाट ठूलो दल बनेपछि नेपाली कांग्रेसमा शक्तिको घमण्ड बढ्नु ।
२. नेपाली कांग्रेससँग सही सूचना नहुनु र उसले गलत सूचनामा विश्वास गर्नु ।
३. केपी ओलीले उपर्युक्त वाम–लोकतान्त्रिक गठबन्धनलाई जसरी पनि तोडिछाड्ने उद्देश्य राखेर चालबाजीपूर्ण कदम चाल्नु ।
४. माओवादी केन्द्रको सत्ताकेन्द्रीत सोच र आफुलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री साथीहरू सबै त्यागेर हिड्ने प्रवृत्ति हुनु ।
अध्यक्ष नेपालले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति तरल अवस्थामा रहेको उल्लेख गर्दै निर्वाचनपछि मुलुकमा स्थिरता कायम हुनेछ भन्ने अपेक्षा गरिएपनि त्यस विपरीत मुलुक अस्थिरतातर्पm धकेलिन सक्ने खतरा पैदा भएको उल्लेख गरेका छन् । निर्वाचनले संविधानको कार्यान्वयन र लोकतन्त्रको अभ्यासमा केही सकारात्मक योगदान त भएपनि अहिले त्रि–शङ्कु प्रतिनिधिसभा बनेको र यसले मुलुक अस्थिरतातर्पm धकेलिन सक्ने खतरा उत्पन्न भएको अध्यक्ष नेपालले औंल्याएका छन् ।
प्रतिवेदनमा उनले भनेका छन्– ‘अहिलेको प्रतिनिधिसभा त्रि–शङ्कु मात्र होइन खिचडी प्रकृतिको समेत छ । त्यहाँ गणतन्त्रवादी र गणतन्त्र विरोधी, सङ्घीयतावादी र सङ्घीयता विरोधी, धर्म निरपेक्षतावादी र धर्म सापेक्षतावादी, परिवर्तनकारी र पुनरुत्थानवादी, यथास्थितिवादी र अग्रगामी आदि चरित्रका राजनीतिक शक्तिहरू उपस्थित छन् ।’ उनले यी शक्तिहरू बीचको द्वन्द्वले गर्दा मुलुकमा अस्थिरता तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा निम्तिन सक्ने र भूराजनीतिक जटिलता थपिँदै जाने र राष्ट्रियतामाथि दखल पुग्नसक्ने खतरा रहेको औल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण