शंखरापुरमा पहिलोपटक तामाङ लिपिकक्षा सुरु

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकामा तामाङ भाषा संरक्षणका लागि पहिलोपटक तामाङ लिपिकक्षा सुरु भएको छ । नगरपालिकाको ‘जनजाति संस्कृती उत्थान’ कार्यक्रम अन्तर्गत पहिलो पटक तामाङ लिपि सिकाई कार्यक्रम सुरु गरिएको हो ।
शंखरापुरको जहरसिंह पौवामा तामाङ भाषा लिपिको प्रशिक्षण सुरु गरिएको प्रशिक्षक दीपक लामाले जानकारी दिए । तामाङ भाषा सबैले बोल्न सक्ने तर लेख्न नसक्ने भएकोले भाषा संरक्षणका लागि लिपि कक्षाको सुरु गरिएको लामाको भनाई छ । सुरुमा ४ जनाबाट कक्षा सुरु गरेकोमा हाल ५० जना हाराहारीले लिपि कक्षा लिइरहेको उनले बताए ।
रातोपाटीसँग कुरा गर्दै प्रशिक्षक तामाङले भने– ‘यहाँ तामाङ भाषा सबैले बोल्न सक्छन् तर लेख्न कसैलाई आउँदैन । कम्तिमा आफ्नो भाषामा लेख्न र पढ्न सकुन भनेर हामीले लिपि सिकाईको काम सुरु भएको छ । हाललाई यो १ महिने कक्षा हो तर समयको माग भए र हौसला दिने साथ समर्थन दिने खालको हातेमालो भए पछिका दिन हरुमा अझै फैलाउन मन छ ।’
लिपि कक्षा वडा नम्बर १ को चापाबोटमा पनि सुरु गर्न लागेको उनले बताए । अहिले जारी कक्षा फागुन दोस्रो हप्तासम्म चल्ने लामाले जानकारी दिए । शंखरापुरको वडा नंबर १, २, ३, ४ र ८ मा तामाङ समुदायको बाक्लो बसोबास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोरा फतेहीले तताइन् हायात ग्राउन्ड, तस्बिरमा हेर्नुहोस्
-
वन्डरल्यान्ड वाटरपार्कमा तोडफोड
-
पछिल्लो २४ घण्टामा विपद् : चारको मृत्यु, अट्ठाइस घाइते
-
रोटरी ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट पत्रकार कोइराला पुरस्कृत
-
दुई मन्त्रीको गुटबन्दीको घेरामा लमजुङ तरुण दल, अधिवेशन बन्यो रणमैदान
-
क्होंलासोंथरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रक्रिया थाल्ने निर्णय