पाकिस्तानी क्रिकेटर शाहिन अफ्रिदी बने शाहिद अफ्रिदीका ज्वाइँ
शनिबार, २१ माघ २०७९, १५ : ४९

इस्लामाबाद । पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदीले शुक्रबार पूर्व क्रिकेटर शाहिद अफ्रिदीकी जेठी छोरी अन्शासँग विवाह गरेका छन् । यस अवसरमा पाकिस्तानी क्रिकेट कप्तान बाबर आजम सहित टोलीका धेरै खेलाडीहरू उपस्थित थिए।
सामाजिक सञ्जालमा भाइरल भइरहेको तस्विर र भिडियोमा दुवै परिवारका आफन्त र साथीभाइहरू देखिएका थिए । मानिसहरूले शाहिन र शाहिद अफ्रिदीलाई बधाई दिइरहेका छन्। २२ वर्षीय शाहिन अफ्रिदीले अहिलेसम्म २५ टेस्ट, ३२ एकदिवसीय र ४५ टी–२० खेलिसकेका छन् । उनले टेस्टमा ९९, एकदिवसीयमा ६२ र टी–२० मा ५५ विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादमा प्रकृति संरक्षणमा योगदान भएका समुदायका आवाज उठान गर्न माग
-
सरकारले कृषि क्षेत्रमा ठोस नीति नल्याउँदा परनिर्भर हुनुपर्यो : सांसद केसी
-
राइड सेयरिङलाई मान्यता दिने गण्डकी सरकारको निर्णयविरुद्ध यातायात व्यवसायी
-
प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार बनाऔँ : सांसद शेर्पा
-
आईपीओ विवाद : धितोपत्र बोर्डले प्रक्रिया पूरा नगरेका कम्पनीको नाम छुट्टै सार्वजनिक गर्ने
-
हुलाकी राजमार्गलाई प्राथमिकतामा राख्न सांसद चौधरीको माग