पाकिस्तानी क्रिकेटर शाहिन अफ्रिदी बने शाहिद अफ्रिदीका ज्वाइँ
शनिबार, २१ माघ २०७९, १५ : ४९
इस्लामाबाद । पाकिस्तानी फास्ट बलर शाहिन शाह अफ्रिदीले शुक्रबार पूर्व क्रिकेटर शाहिद अफ्रिदीकी जेठी छोरी अन्शासँग विवाह गरेका छन् । यस अवसरमा पाकिस्तानी क्रिकेट कप्तान बाबर आजम सहित टोलीका धेरै खेलाडीहरू उपस्थित थिए।
सामाजिक सञ्जालमा भाइरल भइरहेको तस्विर र भिडियोमा दुवै परिवारका आफन्त र साथीभाइहरू देखिएका थिए । मानिसहरूले शाहिन र शाहिद अफ्रिदीलाई बधाई दिइरहेका छन्। २२ वर्षीय शाहिन अफ्रिदीले अहिलेसम्म २५ टेस्ट, ३२ एकदिवसीय र ४५ टी–२० खेलिसकेका छन् । उनले टेस्टमा ९९, एकदिवसीयमा ६२ र टी–२० मा ५५ विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण