संसद्मा केपी ओली : राजनीति विभिन्न खालका अनुचित साँठगाँठहरूले अस्थिर र आक्रान्त भयो
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन दलले अस्थिरता रोक्न एकमत भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले अस्थिरता रोक्न एकमत भए पनि राजनीति विभिन्न खाले अनुचित साँठगाँठहरूले आक्रान्त भएको टिप्पणी गरेका छन् ।
उनले नेपालमा प्रजातन्त्र आएदेखि नै कुनै पनि प्रधानमन्त्रीले ५ वर्ष पूरा गर्न नपाएको बताउँदै नयाँ संविधान जारीपछि पनि उही अवस्था कायम रहेको टिप्पणी गरे । अध्यक्ष ओलीले भने– ‘हामीले अस्थिरताको राजनीतिक व्यवहार निरन्तर बेहोरिरहनुपरेको छ । २००७ सालपछि कुनै पनि प्रधानमन्त्रीले ५ आफ्नो ५ वर्षको कार्यकाल पूरा गर्न सकेको छैन । २०१५ सालमा पहिलो निर्वाचित प्रधानमन्त्री समेत २ वर्षमै अपदस्त भए र थुनामा परे । हामीले नयाँ संविधान जारी गर्यौँ तर स्थायित्व कस्तो भयो भने वर्षमा एक पटक प्रधानमन्त्री जस्तो भयो । हाम्रो चाहना स्थिरता र स्थायित्वको चाहना भयो तर हाम्रो प्राप्ति भने अस्थिरता र अनिश्चितता हुन पुग्यो । हाम्रो वर्तमान अनिश्चयता, डर र विभिन्न खालका अनुचित साँठगाँठहरूले आक्रान्त हुने गरेको छ ।’
उनले देशलाई आकार दिने राजनीति आफैँ दिशाविहिनताको भैपरी आउने अवसर पर्खेर बसेको उल्लेख गर्दै हामी कहिलेसम्म मदारीको जम्मुरे भएर बसिरहने ? भन्दै प्रश्न गरे । अध्यक्ष ओलीले राजनीतिक दलका नेताहरू मिलेर आत्मविश्वासका साथ निडरताका साथ नेपाल र नेपाली जनताको भविष्य निर्माणका लागि सङ्कल्प गर्न आग्रह गरे । उनले राजनीतिक अस्थिरताको अन्य गरी मुलुकमा राजनीतिक स्थिरताको नयाँ युगमा प्रवेश गराउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण