कांग्रेसलाई स्वस्थानी कथाको ‘जालन्धर’ नबन्न एमाले अध्यक्ष ओलीको आग्रह
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले राजनीतिक अस्थिरताको बीउ रोप्न लागेको टिप्पणी गरेका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिक अस्थिरता र अनिश्चयताको बीउ आफैंलाई प्रत्युत्पादक हुनेतर्फपनि कांग्रेसलाई सचेत गराए ।
उनले प्रतिनिधि सभाको चुनावपछि एमाले प्रतिपक्षमा बस्न तयार रहेको र सरकार गठनमा कांग्रेसको असाधारण रुचि र व्यग्रता रहेको बताए ।
कांग्रेसको स्वभावलाई स्वभाविक रुपमा लिएको तर सरकार गठनको समय सकिन लागेपछि देशमा असाधारण अवस्थाहरु देखिन थालेकोले राष्ट्रलाई अस्थिरतातर्फ जानबाट रोक्न र राजनीतिक निकास दिन एमालेले पहल लिनुपर्ने अवस्था आएको ओलीको टिप्पणी थियो ।
उनले एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपाको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेको पनि स्मरण गराउँदै गठबन्धन दलको तर्फबाट सरकारका लागि साझा नीति तथा कार्यक्रम तयार गरेकोपनि सुनाए ।
उनले संसदमा कांग्रेसले देखाएको व्यवहार र निर्णयहरू संविधान र लोकतन्त्रका लागि बुझिनसक्नुको रहेको टिप्पणी गरे । कांग्रेसले आफूलाई प्रतिपक्षी दल भनेर भन्न सकस परेको बताए । मन नमानेपनि प्रतिपक्षमा बस्ने बाध्यता रहेको बताउँदै कांग्रेस पानी बाहिरको माछा जस्तै छटपटाएको टिप्पणी गरे ।
कांग्रेस सत्ताबाहिर आफ्नो अस्थिात्व आफैले विश्वास गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै उनले भने, ‘सत्ताबाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव कांग्रेसका साथीहरूमा राम्रैसँग छ । मेरा मित्र नेपाली कांग्रेसका सभापतिलाई म आग्रह गर्न चाहन्छु, हामी बृहत्तर राष्ट्रिय हितका लागि काम गरौँ । राजनीतिक स्थायित्वका लागि काम गरौँ । अस्थिरता र अनिश्चयताको बीउ आफैंलाई प्रतिपादक हुन सक्छ भन्नेकुरा बुझौँ । स्वस्थानी कथाको जस्तो कोहीपनि जालन्धर नबनौं । कम्तीमा पनि २०५२ साल, ५८ साल र २०७२ सालका अनुभवहरू हामीसँग छन् । अब राष्ट्रलाई अस्थिरतातर्फ धकेल्ने चिन्तनबाट कसैकोपनि हीत हुँदैन । हीत हुन्छ केवल धमिलो पानीमा माछा मार्न पल्किएकाहरुको ।’
अध्यक्ष ओलीले आम नागरिक धेरै सचेत भइसकेको बताउँदै आम नागरिकको हितमा काम गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण