बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
नेपालका पहिलो गभर्नरको अन्तिम बिदाइ, तस्बिरहरू

नेपालका पहिलो गभर्नरको अन्तिम बिदाइ, तस्बिरहरू

आइतबार, २२ माघ २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको हो । उनी विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित थिए । उनको केही साताअघिदेखि नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार जारी राखिएको थियो । 

जबरा सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मिएका थिए । आज स्वस्थानी पूर्णिमाकै दिन उनको निधन भएको हो ।  जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गरेका थिए । उनी नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुन् । उनी हिमालयन बैंकका संस्थापकसमेत हुन् । 

जबराको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिएको छ । जबराको अन्तिम बिदाईमा नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेललगायत नेताहरु पुगेका थिए ।

हेरौँ अन्तिम बिदाईका तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया