शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

७८ लाख ५० हजार रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

आइतबार, २२ माघ २०७९, १८ : ४४
आइतबार, २२ माघ २०७९

काठमाडौँ । नेपाल प्रहरीले ७८ लाख ५० हजार रुपैयाँसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राजधानीको न्युरोडबाट कैलाली घर भई बिजुली बजार बस्ने २३ वर्षीय किशोर चौधरी र ५९ वर्षीय दिपेन्द्र बहादुर मल्ललाई पक्राउ गरेको हो । 

उनीहरुको साथबाट अठ्ठहत्तर लाख पचास हजार रुपैयाँ  र चार लाखको चेकसमेत बरामद भएको कार्यालयका सूचना अधिकृत कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।  उनीहरुलाई नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा ९५ बमोजिम  आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उनले बताए । 

प्रहरीका अनुसार मल्लले विगत ५ वर्षदेखि र किशोर चौधरीले विगत ४ महिनादेखि न्यूरोड एरियामा रहेका विभिन्न व्यक्तिहरुबाट हुण्डीको रकम संकलन गर्ने र बैंक डिपोजिट मार्फत् रकम व्यवस्थापन गर्ने कार्य गर्दै आएको खुल्न आएको छ । 

उनीहरुको अर्का एक व्यक्तिको मातहतमा बसी दैनिक औषत १ करोडभन्दा माथिको रकम कारोबार गर्ने गरेको देखिएको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप