एमसीसी कार्यान्वयन अनुगमन समिति गठन गर्न एकीकृत समाजवादीको माग (१४ बुँदे प्रस्तावसहित)
काठमाडौं । नेकपा एकीकृत समाजवादीले संसदबाट व्याख्यात्मक घोषणासहित पारित एमसीसीसम्झौताको कार्यान्वयनका लागि व्याख्यात्मक घोषणामा उल्लेखित उद्देश्य र मर्म बमोजिम भए नभएको अनुगमन गर्न उच्चस्तरीय सर्वदलीय ‘एमसीसी कार्यान्वयन अनुगमन समिति’ गठन गर्न माग गरेको छ ।
आइतबार सम्पन्न सो पार्टीको पाँचौ केन्द्रीय समिति बैठकले पारित गरेका १४ बुँदे समसामयिक प्रस्तावमा एमसीसीबारेको प्रस्ताव पनि पारित गरेको हो ।
‘संसदबाट व्याख्यात्मक घोषणासहित पारित एमसीसीसम्झौताको कार्यान्वयन व्याख्यात्मक घोषणामा उल्लेखित उद्देश्य र मर्म बमोजिम भए नभएको अनुगमन गर्न सरकारले एक उच्चस्तरीय सर्वदलीय ‘एमसीसी कार्यान्वयन अनुगमन समिति’ गठन गारोस्भनी यो बैठक माग गर्दछ’, समाजवादीले पारित गरेको समसामयिक प्रस्तावको १० नम्बर बुँदामा भनिएको छ ।
त्यस्तै सो पार्टीले नेपाली किसानले उत्पादन गरेको कृषि उपजले बजार नपाएर कृषि उत्पादनलाई सडकमा फाल्नुपर्ने स्थिति सिर्जना भएको भन्दै कृषि उत्पादन बजारको उचित व्यवस्था गर्न, विदेशी कृषिबस्तुको आयातमा नियमन गर्न र पीडित किसानलाई राहत दिन सरकार समक्ष माग गरेको छ ।
आर्थिक अभाव, बेरोजगारी, चर्को व्याज असुली, मिटर ब्याजी ऋण, दलाल र बिचौलियाको ठगी, वैदेशिक रोजगारीमा उत्पन्न बेतिथिजस्ता आर्थिक–सामाजिक समस्या सम्बोधन गर्न र युवा समुदायलाई प्रोत्साहित गर्ने आर्थिक–सामाजिक कार्यक्रम ल्याउन र मनोपरामर्श तथा मानसिक स्वास्थ्यमा उचित ध्यान पु¥याउन माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण