थलिँदै राजस्व अनुसन्धान विभाग
काठमाडौँ । राजस्व चुहावट र छलीको अनुसन्धान गर्ने प्रमुख भूमिकामा रहने राजस्व अनुसन्धान विभाग नै अस्थिर बन्दा राजस्व छली नियन्त्रण प्रभावकारी हुन सकेको छैन । त्यसमा पनि सो विभागमाथि एकातिर राजनीतिक हस्तक्षेप हुने र अर्कोतर्फ विभिन्न व्यापारिक समूहको स्वार्थका कारण राजस्व छली हुने क्रम घट्नुको साटो बढेको बताइएको छ । व्यापारिक समूहको स्वार्थ र उनीहरूको राजनीतिक नेतृत्वसँगको अपवित्र सम्बन्धका कारण पनि राजस्व अनुसन्धान विभागमा हस्तक्षेप बढेको बताइन्छ ।
जसका कारण विभागको नेतृत्वले प्रभावकारी रूपमा काम गर्न सकेको देखिँदैन । जसका कारण राजस्व छली गर्नेहरूको मनोबल बढेर जान सक्ने खतरा देखिएको छ । राजस्व छलीको मनोबल बढ्ने अवस्था आउनु देशकै लागि ठुलो अपराध भएको सरोकारवालाले बताएका छन् । मुलुकको राजस्व चुहावट नियन्त्रणमा प्रमुख भूमिका रहने राजस्व अनुसन्धान विभागमा दुई वर्षमा मात्रै ६ जना महानिर्देशक फेरिएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण