नेप्से सूचक ४ अंकले बढेर २१ सयको विन्दुमा उक्लियो
सोमबार, २३ माघ २०७९, १५ : १६

काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ४ अंकमाथिले बढेर २१ सयको विन्दुमा उक्लिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ४ दशमलभ ५७ अंकले बढ्दै २१ सय दशमलभ ६५ विन्दुमा उक्लिएको हो । अघिल्लो दिन १ दशमलभ ५४ अंकले नेप्से वृद्धि भएको थियो ।
यसदिन १ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ बराबरको ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच भएको छ ।
डेभलपमेन्ट बैंक समूह, लाइफ इन्स्योरेन्स, म्युचुअल फन्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् भने बैंकिङ होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक आज धनात्मक भएका छन् ।
आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज लक्ष्मी विकास बैंकको ऋणपत्रको मूल्यमा ९.५८ प्रतिशतले गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण