नेप्से सूचक ४ अंकले बढेर २१ सयको विन्दुमा उक्लियो
सोमबार, २३ माघ २०७९, १५ : १६
काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ४ अंकमाथिले बढेर २१ सयको विन्दुमा उक्लिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ४ दशमलभ ५७ अंकले बढ्दै २१ सय दशमलभ ६५ विन्दुमा उक्लिएको हो । अघिल्लो दिन १ दशमलभ ५४ अंकले नेप्से वृद्धि भएको थियो ।
यसदिन १ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ बराबरको ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच भएको छ ।
डेभलपमेन्ट बैंक समूह, लाइफ इन्स्योरेन्स, म्युचुअल फन्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् भने बैंकिङ होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक आज धनात्मक भएका छन् ।
आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आज लक्ष्मी विकास बैंकको ऋणपत्रको मूल्यमा ९.५८ प्रतिशतले गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
-
विश्वकपको सङ्घारमा अमेरिका र इरानबिच खेलकुदमा पनि तनाव
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित
-
खाडी मुलुकहरूको पुनर्निर्माणमा इरानी सम्पत्ति प्रयोग गर्न दिने अमेरिकी योजना
-
नेपालगञ्ज र धनगढीको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँसहित यी सहरमा वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण