शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टर्की र सिरियामा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ८ सय नाघ्यो

मङ्गलबार, २४ माघ २०७९, ०७ : २२
मङ्गलबार, २४ माघ २०७९

इस्ताम्बुल । टर्की र सिरियाको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या  तीन हजार ८ सय नाघेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था सिएएनका अनुसार ७.८ म्याग्नीच्युडको सो भूकम्पमा परी हजारौँ मान्छेहरू घाइते भएका छन् ।

मुख्यतः टर्कीको नुरदागी र सिरियाको गाजिन्टेप्स प्रान्तलाई बढी प्रभाव पारेको उक्त भूकम्पले हजारौँ घरहरू ध्वस्त बनाएको छ । टर्कीको आपतकालिन प्राधिकरणका अनुसार टर्कीमा कम्तीमा सात हजार ६३४ जना घाइते भएको एएफएडीले जनाएको छ भने दुई हजार ८३४ भवन ध्वस्त भएका छन् । भग्नावशेष परेका मानिसको उद्धार गर्ने कार्य जारी  छ ।

उता सिरियामा ९७८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप