मिलनको ‘आँखा झिमिझिमी’ मा कमल र बिनाको रोमान्स
मङ्गलबार, २४ माघ २०७९, १२ : ५१
काठमाडौँ । गायिका मिलन नेवार र गायक बिदन कालिकोटेको स्वर रहेको गीत ‘आँखा झिमिझिमी’ सार्वजनिक भएको छ । लोकप्रिय गीतकार तथा सङ्गीतकार राजनराज शिवाकोटीको शब्द तथा सङ्गीत रहेको गीतमा मोडलद्वय कमल सिंह र बिना राउतको अभिनय देख्न सकिन्छ ।
प्रेममा परेको एक रोमान्टिक जोडीको रमाइलो प्रेमकथा भिडियोमा देखाउन खोजिएको छ । प्रकाश धितालले निर्देशन गरेको भिडियोमा सन्तोष राजवाहकको कोरियोग्राफी, उत्सव दाहालको छायांकन तथा विकाश दाहालको सम्पादन छ ।
गायक कालिकोटेका धरो धर्म, हाम्रो त घर हो कालीखोला, मेरी माया नेपालमा छिन्, तिम्ले जे सुकै भनेपनि, झरी जाने फूल लगायत गीत बजारमा आइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'कमैया मुक्ति फेरि दासताको चक्रमा फर्किन नपरोस्'
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण